नेपाल, अन्तरिम संविधान अनुसार आधिकारिक रूपमा नेपाल राज्य[1] ([neˈpaːl] (help·info)) एक दक्षिण एशियाली भूपरिवेस्टित हिमाली राष्ट्र हो। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ। नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन्। यो प्रतिशत भारतको भन्दा बढी छ, अतः नेपाल विश्वकै सबै भन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विभिधता निकै उल्लेखनीय छ। यहाँ तराईका उष्म फाँट देखि चिसा हिमालयका श्रृंखलाहरु अवस्थित छन्। संसारका सबै भन्दा उच्च १४ हिमश्रृंखलामध्य निरन्तर रुपमा राजा-रजौटाहरुको अधिनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको अहिले नेपाल भनेर चिनिने यो खण्डले वि. स. २०४६ सालको आन्दोलन पश्चात संवैधानिक राजतन्त्रको नीति अवलम्बन गर्‍यो। तर यस पश्चात पनि राजसंस्था एक महत्त्वपूर्ण तथा अस्पष्ट परिधि तथा शक्ति भएको संस्थाको रूपमा रहिरह्यो। यो व्यवस्थामा हुंदा पहिले संसदीय अनिश्चितता तथा सन् १९९६ देखिको ने.क.पा.(माओवादी)को जनयुद्धको कारणले राष्ट्रिय अनिश्चितता देखियो। माओवादीहरू राजनीतिको मूलाधारबाट अल्लगिएर भूमिगत रुपमा राजतन्त्र तथा मूलाधारका राजनैतिक दलहरुको बिरुद्धमा गुरिल्ला युद्ध सञ्चालन गरे। उनीहरुले नेपालको सामन्ती व्यवस्था (उनीहरुको अनुसार यसमा राजतन्त्र पनि पर्दछ) फ्यांकेर एक माओवादी राष्ट्र स्थापना गर्ने प्रण गरेका छन्। यही कारणले नेपाली गृहयुद्ध सुरु भयो जसको कारण १३,००० मानिसको ज्यान गईसकेको छ। तिब्बत सँग हिमाली मार्गको नियन्त्रणको निम्ति भएको बिबाद र त्यस पश्चातको युद्धमा चीन तिब्बतको सहायताको लागी आएपछि नेपालले पछि हट्नुपर्‍यो। नेपालको सिमा नजिकका स-साना राज्यहरूलाई हडपेका कारण सुरू भएको ब्रिटिस इस्ट इण्डिया कम्पनि सँगको दुश्मनीका कारण छोटो तर रक्तरंजित एङ्गलो-नेपाल युद्ध (१८१५–१६) भयो, जसमा नेपालले हालको सिमा रक्षा गर्न सफल भए पनि महाकाली नदी पश्चिमको आफ्ना क्षेत्रहरू गुमाउनु पर्‍यो। ति क्षेत्रहरू हुन् हालको उत्तराखण्ड राज्य र हालको हिमाञ्चल प्रदेशका धेरै पञ्जाबी पहाडी राज्यजहरू। आफ्नो स्वाधिनताका लागी नेपालले कम्पनिसँग सुगौली संधि गरेर तराईका केही भूभाग र सिक्किम गुमाउनु पर्‍यो। भारतसँग जोडिएको तराइ फांट भारतीय-गंगा समथरको उत्तरी भाग हो। यो भागको सिंचाई तथा भरणपोषणमा तीन नदीको मुख्य हात छ, यी नदीहरु हुन्: कोशी, गण्डकी (भारतमा गण्डक नदी), र कर्णाली नदी। यो भूभाग उष्म र संतृप्त हुन्छन्। नेपाल र बंगलादेशको सिमाना नजोडिएतापनि यी दुई राष्ट्र २१ किलोमिटर (१३ माइल)को एक सांघुरो चिकेन्स् नेक भन्ने क्षेत्रबाट छुट्टिएका छन्| यो क्षेत्रलाई स्वतन्त्र-व्यापार क्षेत्र बनाउने प्रयास भईरहेको छ| संसारको सर्वोच्च शिखर सगरमाथा नेपाल र तिब्बतको सिमानामा अवस्थित छ। यो हिमालको नेपालमा पर्ने दक्षिण-पूर्वी रिज(ridge) प्राविधिक रूपमा चढ्न सहज मानिन्छ| जसको कारण हरेक वर्ष सो स्थानमा धेरै पर्यटक भेला हुन्दछन्। अन्य चढिने हिमालमा अन्नपुर्ण (१,२,३,४) अन्नपुर्ण श्रृंखलामा पर्दछ। जनताहरू बीचको सम्पत्ति वितरण अन्य विकसित र विकासोन्मुख देशहरूको दाँजोमै छ: माथिल्ला १०% गृहस्थीसँग कूल राष्ट्रिय सम्पतिको ३९.1% माथि नियन्त्रण छ भने निम्नतम १०% सँग केबल २.6% मात्र।